अनलाइनमार्फत श्रम स्वीकृति लिँदा श्रमिकलाई भएका समस्या सुन्न छुट्टै कक्षको व्यवस्था

 असार २, २०७९ बिहिबार १५:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँलाई अनलाइनमार्फत श्रम स्वीकृति लिन कुनै समस्या तथा अप्ठेरो भएको छ ? यदि छ भने फोन गरेर आफ्नो समस्या तथा गुनासो टिपाउन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको छ । 

पछिल्लो समय सबै खालका श्रम स्वीकृति(व्यक्तिगत, पुनः श्रम स्वीकृति, संस्थागत) अनलाइनबाट मात्र लिन मिल्छ । अनलाइनमार्फत नै सबै प्रक्रिया गर्नु पर्ने र श्रम स्टिकर समेत आफैँले अनलाइनबाटै प्रिन्ट गर्न मिल्छ ।

यसरी अनलाइनमार्फत सबै प्रक्रिया गर्दा श्रमिकलाई पर्ने समस्या वा गुनासो सुन्नका लागि वैदेशिक रोजगार कार्यालय काठमाण्डौले गुनासो सुनुवाइ कक्षको समेत व्यवस्थापन गरेको छ । कार्यालयमा ०१–५३००६६७ नम्बरमा फोन गरेर आफूलाई परेको समस्या तथा गुनासो राख्न सकिन्छ ।

श्रमिकबाट प्राप्त गुनासो तथा समस्यालाई सम्बन्धित शाखामा राखी त्यसको समाधानमा सहयोग गरिने वैदेशिक रोजगार कार्यालय काठमाण्डौले जनाएको छ । 

तपाईको प्रतिक्रिया