राेजगारीकाे लागि अजरबैजान पठाइदिन्छु भन्दै ठगी, ४७ लाख रुपैयाँ मागदाबीसहित उजुरी

 असार ६, २०७९ सोमबार १७:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।

रोल्पाकाका ३७ वर्षीय कुलबहादुर घर्ती र सल्यानका ३६ वर्षीय सुमन शेर्पालीविरुद्ध उजुरी परेको हो । उनीहरुले रोजगारीको लागि अजरबैजान पठाइदिने भन्दै रोल्पाका तेजबहादुर वली र बिमलराज डाँगी, दाङका रत्न बाठामगर र सल्यानका छवी वलीलाई ठगी गरेको विभागले जनाएको छ ।

विभागका अनुसार चारै जनाबाट ३१ लाख २६ हजार रुपैयाँ लिएर बिमलराज डाँगीलाई अजरबैजानसम्म पुर्याइ र बाँकी तीन जनालाई भारतमा लिइ अलपत्र पारेको हो । दुवै जना विरुद्ध बिगो रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जाना रकम समेत गरि ४७ लाख ६९ हजार पाँच सय रुपैयाँ बिगो दाबीसहित विभागमा उजुरी परेको छ । 
 

तपाईको प्रतिक्रिया