यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – साउदीमा समस्यामा परेकाहरूलाई नेपाल पठाउन एक्जिट भिसा लगाइदिन्छु वा सेटिङमा नेपाल पठाउँछु भन्दै ठगी गर्नेहरु बढेपछि दूतावासले सचेत गराएको छ ।
साउदीबाट नेपाल फर्किन एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुन्छ । एक्जिट भिसाको प्रक्रिया गर्न कति पनि शुल्क कतै पनि तिर्न पर्दैन । तर यदि कोही व्यक्तिले एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेको मानिस छन् भन्दै पैसा मागेमा त्यस्ता मानिसको पछि नलाग्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
यसका साथै साउदीमा समस्यामा परेकाहरूलाई सेटिङमा नेपाल पठाइदिन्छु मैले साउदीका प्रहरी र अन्य मानिसहरू चिनेको छ भन्दै आश्वासन देखाउने क्रम बढेको भन्दै दूतावासले त्यस्ता मानिसको पछि नलाग्न सुझाव दिएको छ ।
दूतावासका अनुसार यस्ता कुराहरूको पछि लाग्छ ठगीमा परिन्छ । त्यसैले यदि कोही कसैले यस्ता आश्वासन दिएमा साउदी प्रहरीलाई ९११ नम्बरमा फोन गरी आफू पनि ठगीबाट बच्न र अरूलाई पनि बचाउन दूतावासले सबैलाई अनुरोध गरेको छ ।
साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्यदूतावासले एक्जिट भिसा प्रोसेसिङ गरिदिन्छ । एक्जिट भिसाको प्रोसेसिङ दूतावासले निःशुल्क गरिदिन्छ । तर एक्जिट भिसा लागिसकेपछि नेपाल फर्कंने हवाइ टिकट भने व्यक्ति आफैले व्यवस्था गर्न पर्छ ।
तर दूतावासले एक्जिट भिसा सबैले भन्दैमा गर्दैन । इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको छ भने वा साउदी गएको ३ महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएमा र कम्पनीले हुरुब लगाइदिएको अवस्थाका दूतावासले एक्जिट भिसाको प्रक्रिया अघि बढाइदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासले गर्न मिल्दैन ।
जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी सरकारको नियम छ ।
त्यसैले एक्जिट भिसा प्रोसेसिङको लागि दूतावास जानुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुपर्छ ।
रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि रियादमा रहेको दूतावासमा जाँदा हुन्छ । रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन दूतावासले भनेको छ ।
एक्जिट भिसा प्रोसेसिङका बारेमा बुझ्न ०५०००२१४०९ वा ०५४७०४५२७२ मा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।