सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले यी अस्पतालबाट निःशुल्क उपचार पाउने

 असार २०, २०७९ सोमबार १५:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब विभिन्न २६ अस्पतालमा निःशुल्क उपचार गर्न पाउनेभएका छन् । सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो । 

कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क र एकदमै न्यून शुल्कमा तोकिएका अस्पतालहरुमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । अब कार्यस्थल दुर्घटना तथा राेजगारीजन्य स्वास्थ्य समस्या बापतको सुविधा लिँदा शतप्रतिशत निःशुल्क र अन्य उपचार तथा मातृत्व सुविधा २० प्रतिशत मात्रै भुक्तानी गरेर लिन सकिने मन्त्रालयले जनाएको छ । 

कोषले परीक्षणकालमा योगदानकर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आबद्ध श्रमिकहरुले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुपर्ने थियो । तर अब अस्पतालमा सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सक्नेछन् । अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत लिएर कोषलाई जानकारी गराए पश्चात अस्पताललाई अनलाइनमार्फत नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली शुरू गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ शुरू गर्नेगरी तयारी पनि भइरहेको छ । 

कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत निशुल्क तथा एकदमै कम शुल्कमा सेवा दिने अस्पताल यी हुन् :


 

तपाईको प्रतिक्रिया