यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
पुस ८, २०८१ सोमबार
महोत्तरी – घर फर्किने भनेर ७ वर्ष पहिले भारतको हरियाणाबाट रेल चढ्नुभएका सोनमा गाँउपालिका-५ का २६ वर्षीय रविन्द्रकुमार यादव अझै घर आइपुग्नुभएकाे छैन ।
गाँउमा राेजगारी नभेटेपछि रविन्द्र गाँउकै साथीहरुसँग कृषि मजदुरी गर्नका लागि भारतकाे हरियाणा पुग्नुभएकाे थियाे । हरियाणामा केही महिना काम गरेर घर फर्किने क्रममा बाटाेबाटै बेपत्ता भएकाे उहाँका काका माेहन यादव बताउनुहुन्छ ।
‘धान काट्ने काम सकेर रविन्द्र एक्लैले घर फर्किने कुरा गर्याे । हामी सबै जनाले उसलाई रेलमा चढाएर फर्कियौँ । तर रविन्द्र अझैसम्म फर्किएनन्', उहाँले भन्नुभयाे ।
घरपरिवारले धेरै ठाउँमा खोज्दा पनि रविन्द्र अझ फेला नपरेको अर्का स्थानीय मञ्जित महरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'रविन्द्रकाे अवस्था अझै अलपत्र भएपछि उनकी श्रीमती र एकमात्र नाबालक छोरा प्रतिक्षारत छन् ।'