मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् 'शिप बिल्डिङ' क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । आज मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएकाे विभागले निकालेकाे सूचनामा उल्लेख छ ।
यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।
विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा भएकाे घटनामा दुई जनाकाे ज्यान गएकाे र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न शुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरेको जनाएको छ ।