त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान

 पुष ५, २०८१ शुक्रबार ११:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र अन्तर्राष्ट्रियस्तरकै फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज सूचना निकालेर बोलपत्र आह्वान गरेको हो । बोलपत्रका लागि आउँदो माघ ६ गते दिउँसो १२ बजेसम्म दरखास्त दिइसक्नुपर्नेछ । बोलपत्र त्यही दिन दिउँसो साढे १ बजे खोलिने सूचनामा उल्लेख छ ।

प्यारापिटका निर्माणका लागि एक करोड ६२ लाख र फ्लडलाइट जडानका लागि एक करोड ७३ लाख रुपैयाँ धरौटी तोकिएको छ । यस्तै बोलपत्र पेश गर्न २०/२० हजार रुपैयाँ लाग्ने सूचनामा उल्लेख छ । 

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि यसअघि दुई पटक बोलपत्र आह्वान भएकोमा दुवै पटक रद्द भएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको बताउनुभएको छ । उहाँले अब तीन शिफ्टमा काम गरेर निर्धारित समयमै सकाउनुपर्ने सामाजिक सञ्जालमार्फत बताउनुभएको छ । काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न ओलीले सबैलाई अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया