प्रश्न: म आर्थिक रुपमा सक्षम छैन तर सीप सिक्न चाहन्छु । यसका लागि मैले के गर्नुपर्छ ? यसरी दिने तालिम कति अवधिको हुन्छ ? खर्च कति लाग्छ ? 


 

उत्तर: सरकारले उपलब्ध गराउने तालिम र सीप निशुल्क हुन्छ । तपाईंको आर्थिक अवस्था कमजोर छ तर तपाईं सीप सिक्न चाहनुहुन्छ भने आउनुस् सीप सिक्न । हामीले निशुल्क सीप सिकाउँछौं । खानेबस्ने चाहिं तपाईंको खर्च पर्छ । तर, कम्तीमा तपाईंले निजि क्षेत्रबाट लिने तालिम र सीपभन्दा कम खर्चमा तपाईंले आफूले चाहेको सीप सिक्न सक्नुहुन्छ ।