आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको छ । हिजो भएको खेलमा राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए । राजस्थानका वानिदु हसरंगाले चार विकेट लिए । त्यसअघि बर्सापारा क्रिकेट रङ्गशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए । चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ खेलमध्ये राजस्थानको यो पहिलो जीत हो । आफ्नो पहिलो खेलमा जीत हासिल गरेको चेन्नईको भने लगातार दोस्रो हार हो । राजस्थान र चेन्नईको समान २ अङ्क रहेको छ ।
यसैबीच हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । विशाखापटनममा भएको खेलमा हैदराबाद टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभर ४ बलमै १६३ रनमा समेटियो ।
उसका अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए । दिल्लीका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । यस्तै कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
ओपनर फाफ डुप्लेसले ५० रन बनाए भने जेक फ्रेजर मेगर्कले ३८ रन जोडे । हैदराबादका लागि जिशान अन्सारीले ३ विकेट लिए ।
यो जीतसँगै दिल्लीले २ खेलमा ४ अङ्क जोडेको छ भने हैदराबादको ३ खेलमा २ अङ्क रहेको छ । आइपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।