आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
चीन, जापान र दक्षिण कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्नका लागि क्षेत्रीय व्यापार सहज बनाउन सहमत भएका छन् ।
कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू शुरू हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा भएको पहिलो बैठकमा यो सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ ।
बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उहाँका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित हुनुहुन्थ्यो । तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि वार्ता तीव्र पार्न आह्वान गरेका तथा अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भएका बैठकपछिको विज्ञप्तिलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताउनुभयो । यस्तै जापानी व्यापार अधिकारी यासुजी कोमियामाले अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन भइरहँदा अनिश्चितता बढिरहेको उल्लेख गर्नुभयो । यसैगरी चिनियाँ अधिकारी वाङ लिपिङले एकपक्षीयता र संरक्षणवाद फैलिरहेको भन्दै तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।
चीन, जापान र दक्षिण कोरियाले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आउँदो अप्रिल २ तारिखदेखि अनुचित मानिएका व्यवहारहरूको उपचार गर्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरूको प्रतिज्ञा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।