आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
काठमाण्डौ – गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
जिल्ला अदालत काठमाण्डौले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना गराएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।