इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, अप्रत्यक्ष वार्ता गरेर उचित निर्णय लिने प्रतिक्रिया

 चैत १८, २०८१ सोमबार ६:५५:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ ।

उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पार्नुभएको हो ।

ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिँदै आएको छ ।

इरानी राष्ट्रपति पेजेस्कियानले जबसम्म अमेरिकाले आफ्ना गल्ती सुधारेर विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको हो । तर अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले बताउनुभयो । उहाँले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौतामा सहमति जनाएन भने चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभएको छ ।

यसअघि ट्रम्पले सन् २०१५ मा भएको आणविक सम्झौता तोडेका कारण इरानले उहाँमाथि विश्वास गरेको छैन ।

अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्त्वपूर्ण बनाएको छ । तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया