प्रश्न: मेरो अनुभव नेपालमा सिकेको सीप विदेशमा काम लाग्दैन ।


 

उत्तर: तपाईंले राम्रो कुरा उठाउनुभयो । हो, सीप सिकेर बैदेशिक रोजगारीमा जानु राम्रो कुरा हो । तर, नेपालको सीपले सबै देशमा राम्रो हुन्छ वा राम्रो गरिन्छ भन्ने हुँदैन । उदाहरण, कोरिया, मलेसिया र जापान जस्ता देशको कुरा गर्ने हो भने हामीले यहाँ दिएको सीप र उनीहरुको कामको आधुनिकता काहिं पनि मिल्दैन । त्यसैले यो हाम्रो लागि चुनौती र अवसर दुवै बनेको छ । हामीले आफ्नो सीप उपलब्ध गराउने हाम्रो क्षमता बढाउनुपर्ने समय आएको छ ।