प्रश्न: यहाँबाट सीप सिकेर स्वदेशमै केहि गर्छु भन्नेलाई यसले कत्तिको मद्दत गर्छ ?


 

उत्तर: हामीलाई बैदेशिक रोजगारीमा जान मात्र सीप आवश्यक पर्छ भन्ने लाग्छ । तर, त्यस्तो होइन । सीप सिक्दा सबैलाई फाइदा हुन्छ । सीप सिकेर तपाईं यहिं स्वरोजगार हुनसक्नुहुन्छ । जस्तो केहि समय अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेलाको आयोजना गर्यो । मेलाले काम खोज्ने र काम दिनेको भेट गरायो । त्यो मेलामा काम र सीपको लागि आवेदन दिनेको संख्या धेरै थियो । यसले हाम्रो देशमा आन्तरिक रोजगारीको अवसर कति रहेछ देखाउँछ । त्यसैले मुख्य कुरा सीप सिक्न अप्ठ्यारो नमानौं । काम गर्न लाज नमानौं । कामको सम्मान गरौं ।