Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५११ औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५११ रेमिट्यान्स घट्दा धरमराएको नेपाली अर्थतन्त्र र अबको बाटोमा केन्द्रित छ । रेमिट्यान्स घट्नुको कारण र अब अपनाउनु पर्ने बाटो बारे अर्थशास्त्री डा. दधि अधिकारीका बिचार कार्यक्रममा सुन्न सकिन्छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वैधानिक च्यानलमार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले अर्थ मन्त्रालयलाई दिएका सुझाव र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको प्रस्तावबारे जानकारी र श्रमिकले वैधानिक च्यानलमार्फत रेमिट्यान्स नपठाउनुको कारण र विदेशबाट घरमा पैसा पठाउँदा गरिदिनु पर्ने सहजताबारे वैदेशिक रोजगारीमा रहेका श्रमिकका भनाई पनि कार्यक्रममा समेटिएको छ । साथमा छ हप्ताभरिका हप्ताभरिका रोजगार गतिविधि पनि ।