बारको अध्यक्षमा मिश्र विजयी हुने निश्चित

 चैत २८, २०८१ बिहीबार ९:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा.विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ ।

निर्वाचन समितिका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा.मिश्रले चार हजार आठ सय ९२ मत र उहाँका निकटतम् प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गर्नुभएको छ ।

बारको नयाँ कार्यसमितिका लागि शनिवार मतदान भएको थियो । बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया