एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
वर्ष फेरिएसँगै बैदेशिक रोजगारीको नाममा हुने ठगीको संख्या बढेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी भएको उजुरी दिन विभाग आउनेको सङ्ख्या ठूलो छ । अहिले सामाजिक सञ्जालबाट ठगिनेको उजुरी बढी आउने गरेको पनि बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही हुने र पिडितले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । कार्यक्रम देश परदेशको अंक ६५३ मा हामीले बैदेशिक रोजगारीमा बढीरहेको ठगी र यसको न्युनिकरणका लागि भइरहेका प्रयासबारे बैदेशिक रोजगार विभागका अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक गोविन्द प्रसाद हुमागाईंसँग कुराकानी गरेका छौं । साथै बैदेशिक रोजगारीका नाममा ठगीएका महिला श्रमिक र उनीहरुले विदेशमा पाउने दुखबारे जिफन्ट नेपालकी सचिव स्मृति लामासँगको कुराकानी पनि कार्यक्रममा समावेश छ ।