अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
वैदेशिक रोजगार विभागका अनुसार हाल प्रत्येक दिन करिब १५ सय जनशक्ति वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । यसमा पनि १९ देखि ३५ वर्ष उमेर समूहका धेरै नेपाली विदेशिने गरेको तथ्याङ्क बैदेशिक रोजगार विभागको छ । राम्रो काम र पैसाको खोजीमा विदेशिरहँदा भोग्नुपर्ने चुनौतीहरु नर्कान सकिदैन । गन्तव्य देशबारे अपूर्ण जानकारी नहुँदा वा भनौं भाषा र सीप नसिकी विदेश जाँदा त्यसले आफैंलाई अप्ठ्यारोमा पार्छ । काम र पैसाबारे पूर्ण जानकारी नलिकनै कामका लागि विदेश जाँदा अलपत्र पर्नुका साथै दुव्र्यवहारमा पर्न सकिन्छ । यी सबै चुनौतीलाई ध्यान दिंदै विभिन्न संघ संस्थाले सुरक्षित बैदेशिक रोजगारीका लागि काम गरिरहेका छन् । कार्यक्रम देश परदेशको अंक ६५७ मा हामी विदेशमा नेपालीले भोगिरहेका अप्ठ्याराहरु र त्यसको व्यवस्थापनका लागि संघ संस्थाले गरिरहेको कामबारे छलफल र कुराकानी गर्छौं । यसका लागि शुरुमा हामीले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) का सल्लाहकार कुलप्रसाद कार्कीसँग कुराकानी गरेका छौं । साथै बैदेशिक रोजगारीले रेमिट्यान्सको माध्यमबाट नेपाली बजारलाई पुर्याइरहेको फाइदाबारे नेपाल टे«ड युनियन महासंघ, जिफन्टको बागमती प्रदेशका अध्यक्ष रामहरि नेपालसँगको कुराकानी कार्यक्रममा समावेश छ ।