सीमा क्षेत्रमा तनाव कम गर्न भारत–चीनबीच सहमति

 चैत १५, २०८० बिहीबार १५:१३:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुई देशका अधिकारीबीच बुधवार बेइजिङमा २९औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ  वार्ता सकारात्मक भएको उल्लेख छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव र चीनका तर्फबाट विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेका थिए ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरूपमा मत्थर बनाउनेतर्फ गम्भीर विचार–विमर्श गरेका र दुई देशको सीमा रेखा 'लाइन–अफ–एक्चुअल कन्ट्रोल' (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दा सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कुटनीतिक र सैनिक संवाद शुरु गर्न दुवै पक्ष सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पूर्वी लद्दाखमा पर्ने सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच विवाद हुँदै आएको छ । दुवै देशका सेनाबीच पटक–पटक झडपको स्थिति पनि निम्तिने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया