ललितपुरको हात्तीवनमा सोफा कारखानामा आगलागी हुँदा एकजनाको ज्यान गयो

 चैत २४, २०८० शनिबार ११:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – हात्तीवनमा रहेको सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । कारखानामा आज बिहान आगलागी भएको हो ।

आगलागीमा परेर एक पुरुषको ज्यान गएको र मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो । शव जलेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि क्रिस्ट अस्पतालमा राखिएको छ ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: जेठ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया