ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘कोर क्याम्प’ को घोषणा गरेको छ ।
क्याम्पका लागि ५२ जना खेलाडीलाई नेपाल निलो, नेपाल हरियो, नेपाल रातो र नेपाल पहेँलो गरी चार वटा टिममा विभाजन गरिएको छ । टोलीमा १९ वर्षमुनिको राष्ट्रिय टोलीका खेलाडी पनि समावेश छन् ।
नेपाल निलोको कप्तानमा राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका रोहितकुमार पौडेल, नेपाल हरियोको कप्तानमा आसिफ शेख, नेपाल रातोको कप्तानमा सन्दीप लामिछाने र नेपाल पहेँलोको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
माथिल्लो र तल्लो मूलपानी मैदानमा चार वटा टोलीका बीचमा अभ्यास खेल हुनेछ । क्याम्प आउँदो १३ गतेदेखि २० गतेसम्म राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ । क्याम्पबाट स्कटल्यान्डमा हुने शृङ्खलाका लागि खेलाडी छानिने छन् ।
विश्वकप लिग–२ आउँदो जुनमा स्कटल्यान्डमा आयोजना हुँदैछ । नेपाल १२ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।