सुनसरी : दुई पक्षको झडपपछि उत्पन्न समस्या समाधानका लागि पाँच बुँदे सहमति

 चैत २४, २०८० शनिबार १५:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीमा हिजो भएको दुई पक्षबीचको झडपपछि उत्पन्न समस्या समाधानका लागि पाँचबुँदे सहमति भएको छ । तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयँलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकमा घटनाको छानबिन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ । यस्तै जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ ।

हिजो हरिनगर गाउँपालिकाको केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित सुनसरीका पाँचवटा पालिकामा त्यसको असर देखिएपछि अवस्थालाई बिग्रन नदिन जिल्ला प्रशासन कार्यालयले पाँचवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको थियो ।

हिजो दुई पक्षबीच भएको झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया