पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा प्रदर्शन गरको छ । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्नेलगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज राप्रपाले प्रदर्शन गरेको हो ।
राप्रपाले गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र पेस गरेको थियो । प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत राप्रपाका कार्यकर्ता काठमाण्डाैमा आएका थिए ।
जनप्रदर्शनका कारण दिउँसो काठमाण्डौको ट्राफिक अवस्था अस्तव्यस्त भएको थियो । राप्रपाका नेता कार्यकर्ताको जुलुस भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै जुलुस सिंहदरबारतर्फ जान थालेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा हानेको छ । प्रदर्शनमा १४ जना घाइते भएका छन् । प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार जनाभन्दा धेरै प्रहरी परिचालन गरेको काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।