एक वर्षमा आगलागीमा परेर एक सय जनाभन्दा धेरैकाे ज्यान गयाे

 चैत २७, २०८० मंगलबार १८:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एक वर्षको अवधिमा नेपालमा आगलागीमा परेर एक सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

गएको वर्षको वैशाखदेखि यही चैतको तेस्रो हप्तासम्ममा आगलागीबाट एक सय दुई जनाको ज्यान गएको हो । देशका विभिन्न क्षेत्रमा एक वर्षमा तीन हजार सात सय ९५ वटाभन्दा बढी आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीबाट चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट दुई अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । उहाँले बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गर्नुभएको छ ।

यस वर्ष जाजरकोट भूकम्पबाहेक विपदमा परेर ज्यान गुमाउने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । गएको वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको ज्यान गइसकेको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया