वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा, काठमाण्डौको अवस्था अत्यन्तै अस्वस्थकर

 चैत २८, २०८० बुधबार १५:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको छ । 'एअर क्वालिटी इन्डेक्स' का अनुसार आज काठमाण्डाैकाे वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । हिजो एक्यूआई दुई सय पुगेको थियो ।

'एअर क्वालिटी इन्डेक्स' का अनुसार आज काठमाण्डाै विश्वको प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । देशका विभिन्न ठाउँमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण पनि बढेको बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

बितेको तीन दिनमा देशका तीन सय ६७ ठाउँमा डढेलो लागेको छ । गर्मी बढ्नुका साथै तत्काल पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम अझै धेरै रहेको डढेलोविज्ञ सुन्दर शर्माले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेकोले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा पनि अनिवार्य रूपमा मास्क तथा कालो चस्मा लगाएर निस्कन डाक्टरहरूले सुझाव दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया