काठमाण्डौ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच साझेदारी

 चैत २८, २०८० बुधबार १५:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विधाननिधि पौडेलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् ।

समझदारी बमोजिम महानगरपालिकाले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ । ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर ईसीजी, ब्लड सुगर, सीबीसी, एक्स–रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

यस्तै महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाहरूको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण र मेमोग्राम परीक्षण हुनेछ । साथै परिचय पत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि बिहान ७ बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा यूएसजी, ईसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया