भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
ताप्लेजुङ – ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । गाडी पुगेको दुई दिनपछि हिजो एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुगेका थिए ।
केही वर्षअघि नै चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयबासिन्दाको पहलमा सडक बनेको थियो । सदरमुकामतर्फबाट भने भर्खरै मात्र सडकको ट्रयाक छिचोलिएको हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने टिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । कोभिडपछि भने नेपाल र चीनको नाका बन्द रहेको छ। ३२ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ५६ वटा घर छन् ।
ट्याक्सी पुगेपछि स्थानीयबासिन्दा चालकलाई स्वनगत गर्दै
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।