काठमाण्डौ महानगरका भित्ताहरुमा चित्रलेखन शुरु, शहरको सुन्दरता बढ्ने विश्वास

 बैशाख २, २०८१ आइतबार १०:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले चित्रकलाबाट शहरको सुन्दरता अभिवृद्धि गर्ने काम शुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा महानगरले सार्वजनिक स्थलका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो । पर्खालमा चित्र कोर्नको लागि काठमाण्डौ महानगर र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार चित्र लेखनका लागि कलाकार र सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गको भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मिनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने उपमेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

चित्र लेखन गर्दा ठाउँअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेशभूषा विम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्रजात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, वेशभूषा, बादन, काठमाण्डौ चिनिने भौतिक सम्पदा हुने उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया