इजरायलमा रहेका नेपालीलाई दूतावासकाे आग्रह– ‘अत्यावश्यक नपरि घरबाहिर ननिस्किनु’

 बैशाख २, २०८१ आइतबार १५:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

इरानले आज बिहानैदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरेपछि दूतावासले नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी भएका अद्यावधिक सूचनाबारेमा जानकार रहन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर निनिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल नजिक रहन आग्रह गरेको हो ।

इरानी आक्रमणपछि इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनका साथै आउँदो सोमवार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने निर्देशन जारी भएको दूतावासले जनाएको छ । यस्तै सम्पर्कका लागि दूतावासले फेसबुक पेजमा नम्बर पनि राखेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया