चैतमा झण्डै ७१ हजार जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिए

 बैशाख ७, २०८१ शुक्रबार ९:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको छ । विभागकाअनुसार श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका छन् ।

यस्तै ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना प्रोफ्रेशनल र ६६ जना उच्च दक्ष भएका श्रमिकले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

पछिल्लो वर्ष नेपाली युवाहरुको आकर्षक गन्तव्य यूएई बनेको छ । चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली यूएई पुगेका छन् । यसैगरी चैतमा साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेका छन् ।

 रोमनियामा २२ सय ९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १३ सय ५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया