गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, १२ जना घाइते

 वैशाख १६, २०८१ आइतबार ९:२६:४३ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अरू १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया