आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै
चैत २५, २०८१ सोमबार
काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकाको वायु प्रदूषण केही घटेको भए पनि अझै अस्वस्थ अवस्थामै रहेको छ ।
बिहान ७ बजे आसपासमा काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई औसतमा २१० भन्दा बढी रहेकोमा अहिले औसतमा १६५ आसपासमा झरेको छ । अहिले उपत्यकामा भक्तपुरको वीरेन्द्र स्कुल नजिक एक्यूआई २०० भन्दा माथि छ । बाँकी ठाउँमा भने २०० भन्दा तल रहेको छ ।
वायु प्रदूषण केही घटेको भए पनि अहिले काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीमा भने पहिलो स्थानमै छ । एक्यूआई १५० भन्दा माथि जानुलाई अस्वस्थ र २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।
वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरू धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरू फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरू बताउँछन् । वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वासलगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् ।
अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरहरूको सुझाव छ । अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा बालबालिका घरबाहिर निस्कन सक्ने भएकाले प्रदूषणबाट जोगाउन घरभित्रै राख्नुपर्ने वरिष्ठ बालरोग विशेषज्ञ डा. किरण देवकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।