डढेलाे निभाउन सरकारसँग दमकलबाहेक अन्य कुनै विकल्प छैन : वनमन्त्री

 चैत २४, २०८१ आइतबार १५:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाण्डाैमा आजदेखि शुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले वन डढेलो नियन्त्रणका लागि सरकारसँग दमकलबाहेक अन्य कुनै विकल्प नरहेको बताउनुभयो ।

सरकारले वन डढेलोलाई गम्भीरता साथ लिएर विभिन्न विकल्पहरूबारे सोचिरहेको भन्दै उहाँले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गरिरहेको वनमन्त्री ठकुरीले दाबी गर्नुभयो । जटिल भू बनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने उहाँको भनाइ छ ।

भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न १४ देशका विज्ञहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया