साउदीका युवराजले दिएका थिए खशोग्गी हत्याको आदेश : अमेरिकी रिपोर्ट

 मंसिर २, २०७५ आइतबार ७:३१:९ | एजेन्सी
unn.prixa.net

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन दिएको बताएको छ । 

साउदी अरेबियाले भने योे दाबीलाई झुठाे भन्दै आइरहेको छ । 

अमेरिकी गुप्तचर निकायले घटनाको विस्तृतमा अध्ययन गरेको थियो । अधिकारीहरुले  यस किसिमको अभियानका युवराजको अनुमति आवश्यक भएको बताएका छन् । 

खशोग्गीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । 

खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूत रहेका छन् । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महावाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ । 

यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्गीसँग सम्पर्कमा नरहेको ट्वीटर सन्देश जारी गरेका छन् । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रीय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ । 

अमेरिकी ट्रम्प प्रशासनले गएको हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ । 

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । 

वासिङ्टन पोष्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खशोग्गी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । 

उनको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा गएको शुक्रबार गरिएको थियो । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया