प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

 वैशाख १०, २०८२ बुधबार १८:२६:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवम् विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जी लगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री नाह्यानले यूएईका व्यवसायीहरूलाई नेपालको पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताउनुभयो । नेपालको दुई दिने भ्रमणका लागि हिजाे काठमाण्डाै आउनुभएका उहाँले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको उल्लेख गर्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीसँग भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया