जम्मू–कश्मीरमा आतङ्कवादीको आक्रमणमा ज्यान गुमाएका सुदीपको शव घर ल्याइयो

 वैशाख ११, २०८२ बिहीबार ११:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतकाे जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका रुपन्देहीको बुटवलका सुदीप न्यौपानेको शव आज घर ल्याइएको छ । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

सुदीपको शव ल्याएसँगै बुटवल उपमहानगर–११ कालिकानगर मनकामना पथमा शोकाकुल आफन्त र स्थानीयवासीको भीड लागेको छ ।

अस्ति दिउँसो आतङ्कवादी समूहले हत्या गरेका सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडकमार्ग हुँदै नेपाल ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिनुभयो ।

भारतीय पक्षले सुरक्षाकर्मीको रोहबरमा सुदीपका आफन्तलाई शव हस्तान्त्ररण गरेको थियो । २७ वर्षीय सुदीप आमा, बहिनी र ज्वाइँलाई सँगै लिएर जम्मू–कश्मीर घुम्न गएका बेला घटना भएको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया