काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
पोर्चुगल युइएफए नेशन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ ।
शनिबार राति इटलीसँग गोलरहित बराबरी खेले पनि समूह विजेता हुँदै पोुर्चगलले सेमिफाइनलमा स्थान बनाएको हो ।
लिग ए को समूह तीनमा रहेको पोर्चुगल एक खेल अगावै अर्को चरणका लागि छनोट भएको हो । मिलानमा रहेकाे राष्ट्रिय रंगशालामा क्रिष्टियानो रोनाल्डोबिनाको पोर्चुगलविरुद्ध इटलीले अघिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।
समूहमा पोर्चुगलको तीन खेलबाट ७ अंक छ भने इटलीको ४ खेलबाट ५ अंक छ । ३ खेलबाट १ अंक जोडेको पोल्याण्ड लिग ए बाट रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । समूहको अन्तिम खेलमा पोर्चुगल र पोल्याण्ड आमने सामने हुँदैछन् ।
त्यस खेलको नतिजाले दुवै टोलीकाे अहिलेको पोजिसनलाई असर गर्नेछैन । नेशन्स लिगको लिग ए मा चार समूह छन् । समूहको विजेता टोली फाइनल चरणमा प्रवेश गर्नेछन् । चार टोलीबीच सेमिफाइनल र फाइनल खेल हुनेछ ।
सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२० को युरोकपमा प्लेअफ खेल्न पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।