मन्त्रिपरिषद् बैठक : सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

 बैशाख २७, २०८१ बिहिबार १८:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ ।

आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ १ गते दिउँसाे ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेकाे प्रवक्ता शर्माले बताउनुभयाे ।

यसैगरी बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक पाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेकाे छ ।

बैठकमा समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा काठमाण्डाैमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय भएकाे छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया