दाङ घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या

 वैशाख ३०, २०८१ आइतबार ६:४२:१६ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरेलु हतियार प्रयोग गरी जुतली र संगिताको हत्या भएको हो । पहेलपारमा कोठा भाडामा बस्दै आएका जुतलीको घर रुकुम र सुनारको सुर्खेत रहेको खुलेको प्रहरीले जनाएको छ । घटना हिजो बेलुका ५ बजेतिर भएको अनुमान छ ।

दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ । घर्ती पेशाले अटो चालक रहेका र घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया