५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि 'स्वचालित रुट' प्रणाली शुरु

 जेठ २, २०८१ बुधबार १५:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि 'स्वचालित रुट' प्रणाली शुरु गरेको छ । नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाण्डाैमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'स्वचालित रुट' प्रणाली शुरु गरेको जानकारी गराउनुभएको हो ।

स्वचालित रुट प्रणालीको शुरुवातसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यावहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे । उहाँले लगानी प्रक्रियालाई सरल बनाउने, व्यवसायका लागि खुलापन सुनिश्चित गर्ने र नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीतिहरू ल्याएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया