ललितपुर मेयर्स कप क्रिकेट : एपीएफले लिग चरणको सबै खेल जित्यो

 जेठ ३, २०८१ बिहीबार १५:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लिग चरणको सबै खेल जितेको छ ।

लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा आज एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले २ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । एपीएफकी ममता चौधरीले नट आउट ३२ रन बनाइन् । सुदूरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले ३६ रन बनाइन् । एपीएफकी रेखा रावल र इन्दु बर्माले समान १ विकेट लिइन् ।

एपीएफ लगातार तीन खेल जित्दै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । एपीएफ ८ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिम ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतियोगितामा अहिले कीर्तिपुरमा ललितपुर मेयर्स–एघार र कोशी प्रदेश खेलिरहेका छन् । पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया