पत्रकार खशोग्गीलाई दिएको यातना सुन्नै नसकिने

 मंसिर ३, २०७५ सोमबार ७:४५:२२ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपलब्ध खशोग्गीको हत्यामा दिइएको श्रब्य सामग्रीबारे आफूले जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसकिने रहेको बताएका छन् । 

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा ट्रम्पले बताएका छन् 'यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले सुन्न सक्दिन।'

श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनले प्रतिक्रिया दिए । 

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन दिएको बताएको छ । तर यसबारे ठोस प्रमाण भने छैन । साउदी अरेबियाले भने योे दाबीलाई झुठो भन्दै आइरहेको छ ।

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया