आर्थिक सर्वेक्षण : अर्थतन्त्रका समग्र क्षेत्रमा सुधार आएको सरकारको दाबी

 जेठ १४, २०८१ सोमबार ७:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ – सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रका समग्र क्षेत्रमा सुधार आएको दाबीसहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्नुभएको हो । कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ८७ प्रतिशत रहने सरकारको अनुमान छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ०५ प्रतिशतमात्रै भएको थियो ।

गैरकृषि क्षेत्रतर्फ उत्पादनमूलक उद्योग र निर्माण बाहेक अरु क्षेत्रको उत्पादन बढ्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन ३ दशमलव ०५ र गैरकृषि क्षेत्रको उत्पादन वृद्धि ३ दशमलव ७५ प्रतिशत हुने अनुमान छ ।

सरकारले लगानी अभिवृद्धि, कर्जा विस्तार, आयातमा सुधार र पर्यटन आगमन बढ्दै जाने अनुमान पनि गरेको छ । चालु खर्चलाई मितव्ययी बनाउँदै लगे पनि राजश्व सङ्कलनमा अपेक्षित सुधार हुन नसकेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा जलवायु परिवर्तनजन्य घटनामा हुने वृद्धिले सरकारको आकस्मि दायित्व बढ्ने उल्लेख छ । सर्वेक्षणअनुसार औसत आयु बढेको छ भने जनसङ्ख्या वृद्धिदर घटेको छ ।

 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया