ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै पालिकाको केन्द्रसम्म

 जेठ १४, २०८१ सोमबार ९:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै पालिकाको केन्द्रसम्म पुर्‍याएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा पालिकाका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिनुभएको हो ।

यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै अहिलेसम्म यस प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया