दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 जेठ १८, २०८१ शुक्रबार १२:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा दाङकाे बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी नजिकै रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बरको माेटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै दुर्घटनामा अटो चालक दाङकाे शान्तिनगर गाउँपालिका–७ खैरेनीका रुद्रबहादुर थापा घाइते हुनुभएको छ । उहाँकाे नेपालगञ्जमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया