पाकिस्तानविरुद्धको टेस्टमा न्यूजिल्याण्डले हात पार्‍याे ४ रनको रोमाञ्चक जित

 मंसिर ३, २०७५ सोमबार १८:५५:१३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा न्यूजिल्याण्डले ४ रनको रोमाञ्चक जित हात पारेको छ ।

१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७१ रनमात्रै बनाउन सकेपछि न्यूजिल्याण्डले पहिलो टेस्ट ४ रनले आफ्नो पक्षमा पारेको हो ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १५३ रन बनाएको थियो । पहिलो पारिमा पाकिस्तानले २२७ रन बनाउँदै ५३ रनको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो पारि सुरु गरेको न्यूजिल्याण्डले २४९ रन बनाए पनि १७६ रनको लक्ष्य दिन पुग्यो । तर १७६ रनको सामान्य टेस्ट लक्ष्य पछ्याएको पाकिस्तान १७१ रनमै समेटिएको थियो । 

पाकिस्तानलाई रोक्ने क्रममा न्यूजिल्याण्डका अजाज पटेलले ५ विकेट लिए । पाकिस्तानका मोहम्मद हफिज र इमाममुल हकले ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर इमामुल हक २७ रन बनाउँदै आउट भएपछि पाकिस्तानले लगातार विकेट गुमाएको थियो । 

४० रनमा पहिलो विकेट गुमाएको पाकिस्तानले थप ८ रन जोड्दा ३ विकेट गुमाएपछि दबाबमा आयो । अजर अली र असद सफिकले चौथो विकेटका लागि ८२ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । त्यसपछि अली ६५ तथा सफिक ४५ रनमा आउट भएपछि न्यूजिल्याण्ड पुनः पाकिस्तानमाथि हावी भयो । 

बाबर आजम १३ रनमा रन आउट हुँदै पेभेलियन फर्किएपछि कप्तान सर्फराज अहमद पनि ३ रनमा आउट भए । त्यसपछिका चार जना खेलाडीले खाता नै खोल्न नपाएपछि पाकिस्तान जितनजिक पुगेको टेस्ट गुमाउन बाध्य बन्यो । अब दोस्रो टेस्ट २४ तारिखदेखि हुनेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया