५ महिनामा ५ लाख जनाभन्दा धेरै पर्यटक नेपाल आए

 जेठ २०, २०८१ आइतबार १५:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ति (शुक्रवार) सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । यो गएको वर्षको मे महिनाको तुलनामा १३ हजार जनाभन्दा धेरै हो । यस्तै कोरोना महामारी शुरु हुनुअघि अर्थात् सन् २०१९ को भन्दा १२ हजार जनाले बढी हो ।

मे महिनामा सबैभन्दा धेरै भारतबाट ३८ हजार २ सय ८८ जना, अमेरिकाबाट ८ हजार ५ सय २७ जना र चीनबाट ८ हजार ३ सय ८१ जना पर्यटक आएका छन् । भारतबाट हवाईमार्ग हुँदै आउनेलाई मात्र सरकारले पर्यटकको सूचीमा राख्ने गरेको छ । तर हवाईमार्गभन्दा गाडीबाट नेपाल आउने भारतीयको सङ्ख्या निकै धेरै रहेको छ ।

समग्रमा यो वर्षको पाँच महिनामा नेपालमा पाँच लाख ७ हजार दुई सय ८९ जना पर्यटक आएका छन् । यो अङ्ग्रेजी वर्षको जनवरीमा ७९ हजार एक सय जना, फेब्रुअरीमा ९७ हजार चार सय २६ जना, मार्चमा एक लाख २८ हजार एक सय ७६ जना र अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल आउने पर्यटकको सङ्ख्या बढेसँगै व्यवसायी पनि उत्साहित बनेका छन् ।

तस्बिर : अन्नपूर्ण बेस क्याम्प– नेपाल पर्यटन बाेर्डकाे फेसबुक पेजबाट

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया