लुम्बिनी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला

 जेठ २३, २०८१ बुधबार १२:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा शुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिनुभयो ।

मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको हो । रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया