शेयर बजार साढे ५ अङ्कले घट्याे

 जेठ २३, २०८१ बुधबार १५:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजाे सामान्य बढेकाे शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया