चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा झरेको छ ।
आज होटल, हाइड्रोपावर, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।